लम्की -९ पौस
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की, स्थित श्री शहिद स्मृति माध्यामिक विद्यालयमा केही दिन अघि विद्यार्थीलाई झोला वितरण सहित ईसाई धर्म प्रचार गरिएको प्रकरणमा विद्यालय परिवारले आपत्ति जनाएको छ ।
मंगलवार शहिद स्मृति माध्यामिक विद्यालयले विद्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयमा धर्म प्रचारको विषयमा आपत्ति जनाएको हो ।
मौखिकरुपमा सोही दिन नै सम्बन्धि पक्षलाई आपत्ति जनाएको भए पनि आज लिखितमै आपत्ति जनाएको विद्यालय व्यवस्थापनका अध्यक्ष गणेश ढकालले जानकारी दिए ।
‘प्रस्तुत विषय सम्बन्धमा क्रिसमस पर्वको उपहार वितरण सम्बन्धी लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराइले सम्पर्क गरि यस विद्यालयमा अध्ययनरत ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई क्रिसमस पर्वको अवसरमा झोला, पोसाक तथा खेलकुद सामाग्रीहरु उपहार स्वरुप हस्तान्त्रण गर्न समय माग गरेकोले मिति २०८१ साल पौष महिनाको ३ गते दिनको ३:४५ बजेको समयमा १५ मिनेटको समय दिइएकोमा निज पास्टरले उक्त सामाग्री हस्तान्त्रणका क्रममा क्रिसमस पर्वको शुभकामना दिने क्रममा ति बाहेकका विषयबस्तु धर्म प्रचार हुने गरि प्रस्तुत गरेको अवस्थामा मौखिक असहमती जनाएको थियौं ।, ‘ प्रेस विज्ञप्तीमा भनिकोएको छ, ‘केहि दिन पश्चात विद्यालयको गरिमामा आँच आउने गरि भिडियो सामाजिक सन्जालमा अपलोड गरेकाले त्यस प्रकारको कार्यले समाज र अभिभावकमा भ्रम सिर्जना हुन गएको हुँदा त्यस्तो कार्यप्रति विद्यालय परिवारको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त कार्यप्रति आपत्ति जनाउँदै आगामी दिनमा त्यस्ता कार्य हुन नदिन विद्यालय परिवार सचेत रहनेछ ।’
यही विषयलाई लिएर प्रहरीले चर्चका पास्टर जन्मजय भट्टराई मंगलाबार पक्राउ गरिएको समेत गरेको छ ।
त्यस्तै धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ ।