नेकपा (माओवादी केन्द्र) लम्कीचुहाको नगर अध्यक्षमा कमल भुल निर्वाचित

लम्की -१२ पौस

नेकपा (माओवादी केन्द्र) लम्कीचुहाको नगर अध्यक्षमा कमल बहादुर भुल(सुरेश) निर्वाचित भएका छन । सम्पन्न निर्वाचनमा निकतम् प्रतिद्धन्द्धी राम प्रसाद भण्डारीलाई पराजित गर्दै कमल भुल अध्यक्षमा निर्वाचत भएका हुन । सम्पन्न अधिवेशनमा पदाधिकारी का लागि सहमति गराउन खोजे पनि सहमति हुन नसके पछि निर्वाचन भएको थियो ।
उपाध्यक्षमा सत्य बिष्ट,बालाराम जैसि र सिद्दा बम रोकाया निर्वाचित भएका छन । त्यस्तै, सचिवमा केशब शर्मा सह-सचिवमा कृष्ण बि.क निर्वाचित भएका छन भने कोषाध्यक्षमा पदमा केसि सर्वसम्मत भएकी छन ।
यस्तै, जानकी गाउँपालिका कार्यसमिति अध्यक्ष कृष्ण सोडारी ,कैलारी गाउँपालिका कार्य समिति अध्यक्षमा पुनः बतासु चौधरी चयन हुनुभएको छ । यसैगरी, भजनी नगरपालिकाको नगर अध्यक्षमा जगत विक निर्वाचित भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *