कैलालीको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास

लम्की -१४ पौष

कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ । नेपाल सरकारकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहा नगरपालिका. ३ स्थित कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको एक कार्यक्रमका बिच शिलान्यास गरेकी हुन ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन।
सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि उनले बिश्वास ब्यक्त गरिन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए । केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए।

चिसापानी देखि राजकाडा केवलकार पु¥याउने डेढ दशक पुरानो सपना पुरा भएको भन्दै जालपादेबी केवलकारका सञ्चालक सुर्य बहादुर थापाले खुसी ब्यक्त गरेका छन ।

समग्र मुलकै आर्थिक समृद्धि संग जोडिएको जालपादेबी निर्माणमा पालिकाहरुबाट आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला र मोहन्याल गाउ“पालिका अध्यक्ष देबिदत्त उपाध्यायले प्रतिबद्धता ब्यक्त गरेका छन ।
लम्कीचुहाको नगरपालिका वडा नं. ३ चिसापानीदेखि मोहन्याल गाउँपालिकाको वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *