पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा सम्पन्न

लम्की–१३
कैलालीको लम्कीमा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभा सम्प्न्न भएको छ ।लम्की स्थित होटेल शान्तीमा सहकारी संस्थाको १३ बार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष पदम राज जैसीको अध्यक्षतमा आयोजित साधारण सभाका प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले सहकारी संस्थाका लागि विभिन्न क्षमता अभिवृद्धि, व्यवसायिक तालिम र साझेदारी कार्यक्रमका लागि बजेट बिनियोजन गरेको जानकारी दिएका छन। मुख्यमन्त्री शाहले भने सहकारी संस्थामा विश्वास गरेर सरकारले यी योजनाहरू कार्यान्वयन गरेको छ र यसको परिणाम धेरै स्थानमा सकारात्मक देखिएको छ। केही स्थानहरूमा भने अपेक्षित परिणाम आउन नसकेको स्वीकार गर्दै मुख्यमन्त्री शाहले त्यसलाई व्यवस्थित गरेर लैजानका लागि सरकार प्रयत्नशील रहेको बताए। प्रदेश सरकारको यस प्रयासले सहकारी क्षेत्रमा दिगो विकास र समृद्धि ल्याउने विश्वास व्यक्त ब्यक्त गरे । मुख्यमन्त्री शाहले सहकारी क्षेत्रको सशक्तिकरणका लागि थप सहयोग र योजनाहरूको निरन्तरता सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष षडानन्द सापकोटा,नागबंगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र बडुवाल,हामार बचत तथा ऋण सहकारी संस्थाका जयराम चौधरी लगयताका अथितिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *