लम्की–२० पौष
कैललीको लम्कीमा रहेको नागबंशी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । लम्की स्थित पहुना घरमा सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र बडुवालको अध्यक्षतामा आयोजित बार्षिक साधारण सभाका प्रमुख अतिथि जेष्ठ संस्थापक सदस्य पुर्ण बहादुर बडुवाल रहेका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथि सबिधान सभा सदस्य भगत बहादुर बुवाल,राष्ट्रिय सहकारी बंंैंककी शिवा थापा अतिथिमा हाम्रो बहुउश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर बिष्ट,नवदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तोला,चुरे महिला सहकारी संस्थाकी प्रबन्धक ज्ञानु बुढ्थापा,बल्चौर जैविक प्रवन्धक टंक सुनार लगायतका रहेका थिए ।
१ हजार ६७ जना शेयर सदस्य रहेको सहकारी संस्थाको कुल पुजी १ करोड ६७ हजार ३ सय रहेको छ भने चालु आर्थिक बर्षमा संस्थाले खुद नाफा १ लाख ९० हजार २ सय ७८ रहेको छ । संस्थाले ९२ लाख १९ हजार ७ सय ५४ रुपैया लगानी गरेको छ । सहकारी संस्थाकी पुर्व उपाध्यक्ष रमा खड्काको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ललित बुसालले गरेका थिए ।