लम्की–२३ पौष
कैलालीको अमरावती सामुदायिक बनको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जानकी गाउँपालिका वडा नं.९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्ता समुहको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सामुदायिक बनका अध्यक्ष जमान सिह साउँदको अध्यक्षतामा आयोजित साधारण सभाका प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी रहेका थिए । कार्यक्रमको बिशिष्ट अतिथि जानकी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष तीर्थ उपाध्याय, सव डिभिजन बन कार्यालय लम्कीका प्रमुख शेर बहादुर भण्डारी रहेका थिए ।
सामुदायिक बनको उपभोक्ताहरुको जिबिको पार्जन,चोरिसिकारी नियन्त्रण ,वन्यजन्तु सरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि सबैको सक्रीयता उत्तीकै आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष खकेन्द्र भण्डारीले बताए ।
बनले बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम पनि गर्न सक्ने हुनाले चोरी सिकारी नियन्त्रण गर्दै बन संरक्षण गर्नु पर्ने कार्यक्रमका बिशिष्ट अतिथि वडा नं.८ का वडाअध्यक्ष तीर्थ उपाध्यायले बताए ।
बार्षिक साधारण सभामा उक्त सामुदायिक वन अन्तर्गत पर्ने जेष्ठ नागरिक,पुर्व संस्थापक अध्यक्ष, सामुदायिक बनको कार्यक्षेत्र भित्रका बिद्यालयमा अध्ययरत उत्कृष्ट बिद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।