लम्की–२ फागुन
कैलालीको जानकी गाउँपालिकामा बृहत शैक्षिक प्रदर्शनी मेला सुरु भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि र वातावरण मैत्री पूर्वाधारः पहिचान“ भन्ने मूल नाराका साथ बृहत शैक्षिक प्रदर्शनी मेला सुरु भएको हो ।
प्रदर्शनी मेलाले विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने र उनीहरूलाई व्यवहारिक सिकाइतर्फ अभिप्रेरित गर्ने लक्ष्य राखेको छ। शिक्षाको विकास समाज विकासको मुख्य आधार भएकाले शैक्षिक विकासका लागि यो प्रदर्शनी मेला आयोजना गरिएको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीका बताए,।
प्रदेश सभा सदस्य कैलाश चौधरीले पालिकामा पहिलोपटक यस्तो प्रदर्शनी आयोजना हुनु सकारात्मक संकेत भएको बताए। उनले शिक्षामा व्यवहारिक पद्धतिलाई जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई परम्परागत शिक्षा प्रणालीभन्दा फरक सिकाइ अनुभव प्रदान गर्ने उल्लेख गरे।
मेलाले परम्परागत शिक्षण पद्धतिलाई निरुत्साहित गर्दै प्रयोगात्मक सिकाइलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ। प्रदर्शनी मेलाले विद्यार्थीलाई प्रत्यक्ष अनुभवमार्फत सिक्ने अवसर दिने हुदा यस्ता कार्यक्रम अन्य पालिकामा पनि सञ्चालन गर्नु पर्ने जन जागृति मावि चौरीका प्रधानाध्यापक नयाँराम बिकले जोड दिएका छन ।
शैक्षिक प्रदर्शनी मेलामा पालिका भित्रका ३४ वटा सामुदायिक तथा संस्थागत बिद्यालयको सहभागिता रहेको छ। मेलामा बिज्ञान तथा प्रबिधि प्रदर्शनी,भाष,कला तथा सहित्य प्रदर्शनी र शैक्षिक सामाग्री एवम् विविध प्रदर्शनी गरिएको छ ।
मेलामा सहभागिता जनाएका विद्यार्थीहरूले यस्तो प्रदर्शनीले आफ्नो सिर्जनात्मक क्षमता अभिव्यक्त गर्न अवसर प्रदान गरेको बिद्यार्थी सन्तोष सज्यालले बताए। उनले भने, “ यस्ता कार्यक्रमलाई पालिकाले निरन्तरता दिनु पर्छ।“