लम्की–२५ फागुन
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ चौरीमा हरेको श्री ज्ञानोदय प्रथामिक बिद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमका बिच अभिभावक भेला सम्पन्न भएको हो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तिरुवाको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं.५ की वडा अध्यक्ष माया बिष्ट रहेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि आसनबाट बोल्दै वडा अध्यक्ष माया बिष्टले शैक्षिक गुणस्तरका सवालमा गम्भीर बन्न शिक्षकहरू लाई सुझाव दिएकी छन ।भौतिक संरचना ,शैक्षिक सामाग्री लगायत बिद्यार्थीका लागि चाहिने पोषाकको ब्यवस्था मिलाउने काममा सदैव तल्लीन रहने प्रतिबद्धता गरेकी छन ।बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षको रुपमा पदम बहादुर तिरुवा आईसके पछि बिद्यालयमा उल्लेखिय काम भएको भन्दै खुसी ब्यक्त गरिन् ।
बिगतको तुलनामा शैक्षिक सुधार संगै अन्य थुप्रै काम गर्न सफल भएको बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर तिरुवाले बताए । छात्र /छात्राका लागि अलग अलग शौचालय ,गेट ,मञ्च , घेरापर्खाल निर्माण संगै बालबालिकाका लागि खेल्ने चिप्लेटी ,ढिकिच्याउ,पिङ्ग लगायत खेलकुद सामाग्रीको ब्यवस्थापन गरेको अध्यक्ष तिरुवाले बताए । साउण्ड सिस्टम खरिद र विद्यालयको नाममा रहेको पुरानो रिण चुक्ता गर्न सफल भएको बताए । शिक्षिका पार्वती उपाध्यायको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रम शिक्षक दीपक टमट्टाले सञ्चालन गरेका थिए ।