दलित जनजागरण अभियानले गर्यो ऐतिहासिक निर्णय,दलित दलित बिच विभेद भए कारवाही हुने

लम्की-९ चैत्र
दलित जनजागरण अभियान नेपालले विरोध सभाको आयोजना गरेको छ । २१ मार्च अर्थात अन्तराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मुलन दिवसको अवसरमा विरोध सभाको आयोजना गरेको हो । दलित जनजागरण अभियान, नेपालका केन्द्रीय संयोजक राजेश मयाल ‘अग्नीशीखा’ को प्रमुख अतिथ्यतता र दलित जनजागरण अभियान, नेपालका लम्कीचुहा वडा नंं. वडा कमिटी अध्यक्ष दिर्ख नेपालीका अध्यक्षतामा भएको विरोध सभामा केन्द्रीय सचिव प्रीन्स वि.क., केन्द्रीय सदस्य नयाँराम टमट्टा, सल्लाहकार समितिका संयोजक रनसिंह विश्वकर्मा, शिक्षक सुरत रम्तेल, सामाजिक अभियन्ता गगन वि.क. लगायतकाले आफ्ना भनाइ राखेका थिए । ‘सिराहाको औरही गाउँपालिकामा मानव समुदायलाई लज्जित पार्ने घटना भएको छ । दलित घर भत्काउने काम मात्रै भएको छैन, दलित बसेको जमिन अपवित्र भएको भन्दै घर भएको जमिनको माटो ताछ्ने कामसम्म भएको छ । जसले मानव समाजलाई लज्जित तुल्याएको छ ।’, केन्द्रीय सचिव प्रिन्स वि.क.ले भने, ‘ त्यसैले यस्ता मानव समाजकालाई मानव समाजलाई लज्जित तुल्याउने, अमानवीयका कार्यका विरुद्ध संगठित हुनु विकल्प छैन । त्यसैले हामीले संगठित भएर, एकीकृतका भएर लाग्नु पर्छ ।’ त्यसतै केन्द्रीय सल्लाहकार कमिटीका संयोजक रनसिंह विश्वकर्माले शक्ति प्राप्तिका माध्यामबाट नै यथार्थमा जातीय उत्थान हुने भएकाले हरेक परिस्थितिका लागि तयार रहन आग्रह गरेका छन् । ‘हामीले सबै किसिमका आन्दोलन देखिसकेका छौँ । र, समुदायको अहिलेको अवस्था बारेमा जानकार छौँ ।’ सल्लाहकार संयोजक रनसिंह विश्वकर्माले भने, ‘जे आन्दोलन भएपनी समुदायको तुलनात्मक अवस्थामा परिवर्तन आएको छैन । समुदायको यथार्थमा उत्थान गर्नको लागि शक्ति प्राप्ति नै अन्तिम उपाय हो । त्यसैले यहाँहरू हरेक परिस्थितिका लागि तयार रहन आग्रह गर्दछु ।’ सामाजिक अभियनता गगन वि.क.ले जातीय छुवाछुतको मुल कारणतर्फ बहस केन्द्रीत गर्नु पर्ने बताए । त्यस्तै केन्द्रीय समिती सदस्य नयाँराम टमट्टाले हामीबीचमै भएको विभेद अन्त्य गर्नुपर्ने बताए । दलित जनजागरण अभियान नेपालका केन्द्रीय संयोजक तथा विरोध सभा कार्यक्रमका प्रमुख अतिथी राजेश मयाल ‘अग्नीशिखा’ले जात व्यवस्थाको विरुद्धमा आन्दोलन गर्नुपर्ने र आफ्नो हक, अधिकारका लागि एक ठाउँमा आउनु पर्ने बताए । ‘ब्राह्मणवादमा जेलिएको यो समाजमा दलित समुदायमाथी विभिन्न किसिमा विभेद र अमानवीय व्यवहार हुँदै आएको छ । कहिले कुनै नाममा, कहिले अर्को नाममा दास बनाउने, दबाउने, काम हुँदै आएको छ । त्यसैले यो जात व्यवस्थाका विरुद्धमा आन्दोलन गर्नु पर्छ ।, ‘ संयोजक अग्नीशिखाले भने, ‘ हामी एक ठाउँमा आएनौ, आफ्नो अधिकारका लागि लड्न सकेनौं भने हामीमाथी विभेद र अन्याय भइरहने छ । त्यसैले हामी एकरुप, एक ढिक्का भएर सशक्त आन्दोलनमा होमिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *