रेडक्रस कैलालीको आयोजनामा दुई दिने उपशाखा  सुदृढीकरण गोष्ठी शुरु ।

धनगढी -१५ चैत्र
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा आजदेखि धनगढीमा दुई दिने उपशाखा सुदृढीकरण गोष्ठी शुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीको सभापतित्वमा भएको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य उत्तम जोशी रहेका थिए।
गोष्ठी उदघाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका  सर्वाधिक रक्तदाता एवम् सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दुत दीपक उपाध्याय , रेडक्रस कैलालीका उपसभापति बलबहादुर रावल, दीपा बडायक, मन्त्री राकेश हमाल, कोषाध्यक्ष गोबिन्द जोशी लगायतकाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *