गायक रोशन टमट्टाको नयाँ गीत ‘तिम्रै यादमा’ बजारमा, टिकटक र युट्युबमा लोकप्रिय

लम्की-१८ चैत्र

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार रोशन टमट्टाको नयाँ आधुनिक सन्देशमूलक गीत ‘तिम्रै यादमा’ सार्वजनिक भएको छ। कैलालीको लम्कीचुहा-५ जन्मथलो भएका गायक टमट्टा हाल काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर निरन्तर सांगीतिक यात्रामा सक्रिय छन्।

यसअघि ‘के नै भन्नू छ र अब पराइ भै जानेलाई’, ‘सुदूरपश्चिम टुरमा आउँकी त भेट्नलाई लम्की, टिकापुरमा’ लगायतका चर्चित गीत गाइसकेका गायक टमट्टाको नयाँ सिर्जना प्रेमभावमा आधारित भए पनि विशेष रूपमा मायामा अन्धो हुनेहरूप्रति चेतनामूलक रहेको छ।

सार्वजनिक भएको केही समयमै ‘तिम्रै यादमा’ टिकटक र युट्युबमा तहल्का मच्चाइरहेको छ। टिकटक प्रयोगकर्ताहरूले गीतमा विभिन्न भिडियो बनाएर भाइरल गरिरहेका छन् भने युट्युबमा पनि दर्शकको उल्लेखनीय प्रतिक्रिया प्राप्त भइरहेको छ। संगीतप्रेमीहरूले गीतको शब्द, संगीत र भावनात्मक प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका छन्।

गीत गायक रोशन टमट्टाको आधिकारिक युट्युब च्यानल ‘Singer Roshan Tamatta’ मार्फत सार्वजनिक गरिएको हो। उनले सबै संगीतप्रेमी, दर्शक र श्रोताहरूलाई गीतलाई मन पराइदिने, सेयर गर्ने र साथ सहयोग गर्ने अनुरोध गरेका छन्।

गायक तथा संगीतकार टमट्टा नेपाली सांगीतिक क्षेत्रका एक मेहनती कलाकार हुन्। उनले आफ्नो सिर्जनाबाट समाजमा सकारात्मक सन्देश दिने उद्देश्य राख्दै आएका छन्। ‘तिम्रै यादमा’ ले पनि प्रेममा हुने अन्धविश्वासलाई उजागर गर्ने प्रयास गरेको छ, जसले श्रोताहरूलाई नयाँ सोच दिने विश्वास गरिएको छ।

गीतको भिडियोलाई समेत आकर्षक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्नेछ। यो गीतलाई सफल बनाउन टमट्टा र उनको टिमले निकै मेहनत गरेको बताइएको छ।

संगीत क्षेत्रमै निरन्तर क्रियाशील गायक रोशन टमट्टाले आगामी दिनमा पनि यस्तै उत्कृष्ट गीतहरू ल्याउने तयारी गरिरहेको बताएका छन्।

गित हेर्नका लागि यहाँ क्लिक गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *