लम्की-२१ चैत्र
लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईँकी स्वर्गीय आमा दुर्पता देवी बजगाईँको १२औं दिनको पुण्य तिथि यही चैत २४ गते आइतबार सम्पन्न गरिने भएको छ।
७२ वर्षको उमेरमा भेरी प्रादेशिक अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा निधन भएकी बजगाईको पुण्य तिथि आइतबार हुने परिवारले जानकारी दिएका हुन।
आमाको निधनको दुःखद् घडीमा समवेदना प्रकट गर्ने प्रति धन्यवाद व्यक्त गर्दै संस्थापक नगर प्रमुख बजगाईले पुण्य तिथीमा लम्कीचुहा–२, बघौरा स्थित आफ्नै निवासमा उपस्थित हुन सबैलाई आमन्त्रण गरेका छन्।
लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँकी स्व. आमाको १२औं पुण्य तिथि चैत २४ गते
