लम्की-६, बैशाख
कैलालीको लम्कीमा लम्कीचुहा नगर इसाई समाजको आयोजनामा एक दिने वृहत रक्तदान शिविरको आयोजना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी टीकापुरको प्राविधिक सहयोगमा रक्तदान शिविरको आयोजना गरिएको हो।
समस्त मानव जातिको उद्धारका निम्ति येशू ख्रीष्टले बगाएको रगतको सम्झनामा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक तथा नेपाल राष्ट्रिय इसाई समाजका सल्लाहकार गगन विकले जानकारी दिए।
बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका भित्रका विभिन्न चर्चका विश्वासीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि तथा स्थानीयवासीहरूले रक्तदान गरेका थिए।
कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै मानव सेवामा इसाई समाजको सक्रियता प्रस्तुत गरेका कार्यक्रम संयोजक गगन बि.क ले बिश्वास ब्यक्त गरेका छन।