वाईसीएल नेपाल जानकी गाउँ कमिटीको तेस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा गोबिन्द तिरुवा चयन

लम्की–१३ बैसाख
वाईसीएल नेपाल जानकी गाउँ कमिटीको तेस्रो सम्मेलन नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको छ।शुक्रबार जानकी गाउँपालिका वडा नं.८ को जवलपुरमा गोबिन्द तिरुवाको अध्यक्षमा २५ सदस्यीय नयाँ कमिटी गठन गर्दै तेस्रो सम्मेलन सम्पन्न भएको हो ।
गाउँ कमिटी गठन संगै सम्मेलनले जिल्ला प्रदेश र केन्दीय प्रतिनिधि समेत चयन गरेको छ । जिल्ला प्रतिनिधिका रूपमा कमल सुनार र आशिका चौधरीलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा सिद्धराज बिक र केन्द्रीय प्रतिनिधिकामा प्रकाश विक लाई चयन गरिएको छ ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य लाल बहादुर सोडारी दर्शन ,प्रदेश सदस्य सुरेन्द्र देउकर, ‘विनर’ महतरा,प्रशान्त विसि, ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष भरत न्यौपाने, जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य पदम गिरी, नेकपा(माओवादी केन्द्र) जानकी गाउँ कमिटी अध्यक्ष कृष्ण सोडारी, वाईसीएल कैलाली जिल्ला संयोजक भेषराज जैशी, क्रान्तिकारी संगठनका जिल्ला अध्यक्ष तपेन्द्र शाह, जिल्ला समन्वय सदस्य टोप बम लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। सम्मेलनले संगठन विस्तार र सशक्तिकरणसँगै जनस्तरमा सांगठानिक जागरण फैलाउने निर्णय गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *