नयाँ कार्यसमिति चयन गर्दै पिपल चौतारी ग्रामीण विद्युत सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न

लम्की-१८ बैशाख
कैलालीको लम्कीचुहा नगरपालिका–५ र ७ मा रहेको पिपल चौतारी ग्रामीण विद्युत सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
बिहीवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गर्दै संस्थाको १६ औं साधारण सभालाई समापन गरेको हो। निवर्तमान कार्यसमितिको कार्यकाल सकिए सँगै सम्पन्न सभाले एकेन्द्र प्रसाद जैसीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
निर्विरोध निर्वाचित कार्यसमितिमा कमाने कामी उपाध्यक्ष, दीपेश बिष्ट सचिव र दुर्गा बडुवाल कोषाध्यक्ष रहेका छन्। यस्तै सदस्यहरूमा शान्ती चौधरी, चन्द्र बहादुर चौधरी, खन्टी देवी कामी, प्रचण्ड पाण्डे, मनसरा बटाला, गगन बिक र रेवती कार्की चयन भएका छन्।
त्यसै गरी, साधारण सभाले अध्यक्षमा कमानसिंह बि.क को अध्यक्षतामा लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ ।जस्को सदस्यमा टेकराज अधिकारी र कमल कडायत रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *