नमुना विद्यालय बनाउन प्रदेश सरकारले छनौटमा लम्कीचुहाको जनजागृति पनि

लम्की-२६ बैशाख
सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्ला नमुना सामुदायिक विद्यालय छनोट गरेको छ । सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो जसमा लम्कीचुहा नगरपालिकाको जनजागृति माध्यामिक विद्यालय, चौँरी पनि परेको छ ।
मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरिका सामुदायिक विद्यालयलाई मागेको आवेदनको आधारमा सामाजिक विकासमन्त्री मेघबहादुर खड्काकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनोट गरेको जनाएको छ ।
मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले बिहीबार जारी पत्रमा छनोट भएका नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरुयोजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरुयोजना पेस गर्न निर्देशन दिएको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा लम्कीचुहाको जनजागृति माविसँगै महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टीकापुर, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगङ्गा, सरस्वती मावि गोदावरी, शारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनोट भएका छन् ।
नमुना विद्यालयमा छनोट भएको लम्कीचुहाको जनजागृति माध्यामिक विद्यालयका अध्यक्ष रनसिँह विश्वकर्माले गुणस्तर वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री लगायतको गुरुयोजना तयारगरी पेस गर्ने योजना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *