समाचार
इतिहास रच्दै सुदूरपश्चिमको महिला बास्केटबल टोली, पहिलोपटक सेमिफाइनलमा
सुर्खेतमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको महिला बास्केटबल टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई ३९–१६ अंकले पराजित गर्दै टोली पहिलोपटक राष्ट्रिय खेलकुदको सेमिफाइनलमा प्रवेश गरेको हो।
लम्की खबर
२०८३ मंसिर ११, शुक्रबार
लम्की खबर
लम्की-११ मंसिर
सुर्खेतमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको महिला बास्केटबल टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई ३९–१६ अंकले पराजित गर्दै टोली पहिलोपटक राष्ट्रिय खेलकुदको सेमिफाइनलमा प्रवेश गरेको हो।
समूह चरणमा बागमतीलाई ३६–३३ र मधेस प्रदेशलाई ४७–३ अंकले हराउँदै समूह विजेता बनेको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।
टोलीको सफलतामा खेलाडीहरूको कडा मेहनत र परिश्रमको महत्वपूर्ण योगदान रहेको नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष लोकेन्द्र सिंहले बताए।
