दोस्रो प्याब्सन मेयर कप फुटबल प्रतियोगिता २०८० सुरु

लम्की –२३ माघ

कैलालीको लम्कीचुहा मा दोस्रो प्याब्सन मेयर कप फुटबल प्रतियोगिता २०८० मङ्गलबारबाट सुरु भएको छ ।निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) स्थानीय पालिका कार्यसमिति लम्कीचुहा को आयोजनामा दोस्रो प्याब्सन मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो । लम्कीचुहा नगरपालिका वडा नं. ४ को कौवापुर खल्ला खेलमैदानमा मङ्गलवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाहीले गरेकी थिइन ।

फुटबल प्रतियोगिता उद्घाटनको प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख शाहीले प्रतियोगिताको उद्घाटन गर्दै नगरमा खेलकुद गतिविधि चलायमान बनाउन आफू तल्लीन रहेको बताएकी छन । खेल र खेलाडीहरूका लागि नगरपालिकाबाट हुने सहयोग कुनै ठाउँबाट नरोकिने विश्वास व्यक्त गरिन् ।प्याब्सन स्थानीय पालिका कार्यसमिति लम्कीचुहा का अध्यक्ष मोहन ढुङ्गानाको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष ताराप्रसाद अधिकारी, प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य डिल्लीराम बोहरा लगायतका अतिथिहरू रहेका थिए ।

प्रतियोगितामा नगरपालिका भरिका २३ वटा संस्थागत तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ । जसमा २१ वटा संस्थागत रहेका छन भने २ वटा सामुदायिक विद्यालय रहेका छन् । आधारभुत तहका विद्यार्थीले भाग लिने प्रतियोगितालाई दुई भागमा विभाजन गरिएको छ । कक्षा १ देखि ५ सम्म एउटा र ६ देखि ८ सम्म अर्को भागमा विभाजन गरिएको छ ।प्याब्सनस्थानीय पालिका कार्यसमिति लम्कीचुहा का उपाध्यक्ष रज बहादुर थापाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र तिमिल्सेनाले गरेका थिए । प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुने छ । पहिलो चरणकाखेलहरू लम्कीचुहा ४ कौवापुर खल्ला र अमरपुर खेलमैदानमा हुने छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *