सडक दुर्घटनामा ज्यान गुमाउने मोहन्याल- ६ का महेन्द्र बि.क भएको पुष्टि

लम्की-२१ चैत्र
कैलालीको जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक सडक दुर्घटनाबाट ज्यान गुमाएका पुरुषको पहिचान खुलेको छ । मृतक मोहन्याल गाउँपालिका–६, का अन्दाजी ३७ वर्षीयमहेन्द्र बिक रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । आफन्तले शब पहिचान गरे पछि मृतकको पहिचान भएको हो।मृतक बिक कालिका माध्यामिक विद्यालय मोहन्याल–६ अजिंगरेमा अध्यापन गराउँदै आएका थिए । बुधबार बिहान ५ बजे तिर जानकी गाउँपालिका–५ पथरैया कर्णाली क्रसर उद्योग नजिक सडक दुर्घटनाबाट ज्यान गएको थियो । मृतक पैदल यात्रामा रहेको बेला कुनै सवारी साधनले ठक्करको प्रहरीले आशंका गरेको छ ।बिहान ‘मर्निङ्ग वाक’ मा हिड्नेहरूले मृतकको शव देखेपछि साढे ५ प्रहरीलाई खबर गरेका थिए ।मृतक महेन्द्र बि.क को शब टीकापुर अस्पतालमा राखिएको छ ।
घटनाको सुक्ष्म अनुसन्धान भइरहेको टीकापुर प्रहरीले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *