नेपाल आइडल बिजेता रवि ओडविरुद्ध बलात्कार मुद्दा दर्ता

कंचनपुर-२३ चैत्र
नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ । ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारी जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिए । ओडविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
हाल रवि ओड कार्यक्रमको शिलसिलामा विदेशमा रहेको पारिवार श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *