लम्कीचुहामा एक जना वेवारिसे पुरुषको  शवको पहिचान खुल्यो

लम्की-१९ चैत्र
सोमबार  बिहान कैलालीको लम्कीचुहा नगरपालिका–६ र ८ जोेड्ने रानी जमरा सिचाइ आयोजनाको पुल नजिकै एक जना पुरुषको वेवारिसे शव फेला परेको थियो ।
सो वेवारिसे पुरुषको शव बर्दगोरिया गाउँपालिका–२ का ७१ वर्षिय गगन सिंह सार्कीको रहेको लम्कीचुहा वडा नं.८ का अध्यक्ष हरि प्रसाद  चौधरीले जानकारी दिए । त्यस्तै बर्दगोरिया गाउँपालिका वडा नं। २ का वडा अध्यक्ष गोबिन्द बि।क।ले पनि वेवारिसे पुरुषको शव बर्दगोरिया गाउँपालिका–२, कुम्भियाका गगन सिंह सार्कीको भएको पुष्टि गरे ।
सार्की आइतबार बेलुका आफ्नो घर बर्दगोरिया–२ कुम्भियाबाट लम्कीचुहा–पिपरकोटी आफ्न्तको घरमा जाने भन्दै आएका थिए तर, उनी आफ्न्त घर भने पुगेका थिएनन् । सार्कीको घर कुम्भियाबाट आफ्न्तको घर पिपरकोटी जान लम्कीचुहा नगरपालिकाको वडा नं। ८ र ६ जोड्ने पुलबाट भएर जानु पर्छ । सार्कीले आफ्न्तको घर पिपरकोटी जान सोही बाटो प्रयोग गरेको देखिन्छ तर, उनको शव पुलबाट करिब तीस मिटर तल खोलमा छ ।
मृतक सार्कीका घरमा श्रीमती छन् भने तीन छोरा आफ्नो परिवार सहित रोजगारीको सिलसिलामा भारतको महाराष्ट्र राज्यको पुना रहेका मृतक सार्कीका भतिजा प्रकाश सार्कीले जानकारी दिए ।
शव अहिले घटना स्थलमै रहेको छ । प्रहरीले छचल्का मुचुल्का उठाउने काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *