आएमई लाईफ ईन्स्योरेन्स कम्पनी लि.लम्की शाखाद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

लम्की–२७ फागुन
आएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, लम्की शाखाद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको छ। कम्पनीको शाखा कार्यालयले घोडाघोडी नगरपालिका वडा नं –२ नयाँ बजार स्थित तिला कर्णाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य विमित स्व. भागीराम चौधरी की श्रीमती सुगनी चौधरीलाई रु एक लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको हो ।
कम्पनीका क्षेत्रिय शाखा प्रमुख तुलसी देवकोटा, लम्की शाखा प्रमुख बल बहादुर थापा र तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रण बहादुर भण्डाराले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका थिए ।
स्व.भागीराम चौधरीले २०८० साल पौष २० गते आई.एम.ई. लाईफ ईन्स्योरेन्स क. लि., लम्की शाखामा बिमाङ्क रु १ लाखको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा गर्नुभएको थिए ।

बीमा जारी भएको छोटो समयमा २०८० साल माघ १९ गते बिमित चौधरीको असामहिक निधन भए पछि शाखाद्वारा मृत्यु दाबी भुक्तानी रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रण वहादुर भण्डारा,व्यवस्थापक लाल बहादुर भण्डारी, मृतकका छोरा अरविन चौधरी, कर्मचारीहरु राधिका चन्द, कल्पना विनाडी र मनोज भण्डारीका साथै एजेन्सी मेनेजर सिता शाह लगायतकाको सहयभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका लम्की शाखा प्रमुख बल बहादुर थापाले म्यादी जीवन बीमाको बारेमा र क्षेत्रिय शाखा प्रमुख तुलसी देवकोटाले कम्पनीका विभिन्न बीमा योजनाहरुको सुविधाका बारेमा स्पष्ट पारेका थिए । सहकारी संस्थाका अध्यक्ष भण्डाराले सुरक्षा म्यादी जीवन बीमाले सम्पूर्ण शेयर सदस्यहरुको सुरक्षा भएको र छिटो छरितो विना झन्झट दाबी भुक्तानी गरेका भन्दै आई.एम.ई.लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *