कैलालीमा ठुलो परिणाममा लागूऔषध सहित भारतीय नागरिक पक्राउ

लम्की–१ चैत्र
कैलालीमा ठुलो परिणाममा लागूऔषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ लम्की बसपार्कबाट विहीवार साँझ साढे ६ बजे तिर ४ ग्राम ५३० मिलिग्राम खैरो हिरोइन सहित भारतको उत्तर प्रदेश प्रदेश कानपुरका ४० बर्षिया भारतीय नागरिक मनमोहन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।
लम्कीचुहा नगरपालिका वडा नं.चाकावाडी स्थित मञ्जुश्री गुटका उद्योगमा काम गर्दै आएका  तिवारीलाई प्रहरीले विगत डेढ महिना देखि निगरानीमा राखेको थियो ।लागूऔषधको कारोबारी हुन भन्ने थाहा हुँदा पनि यथेष्ठ प्रमाण नभएर प्रहरीले तिवारीलाई पक्राउ गर्न सकिरहेको थिएन । बिहीवार साँझ बसपार्कमा लागूऔषध सेवन तथा बिक्री भइरहेको सूचना पाए पछि सादा पोसाकमा प्रहरी टोलि गएको  थियो । सादा पोसाकमा खटिएको  टोलीले तिवारीलाई खैरो हिरोइन सहित पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।म्याद थप गरि पक्राउ परेका तिवारी माथि थप अनुसन्धान भइरहेको प्रमुख जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *