भारतको गुजरातमा एक नेपाली बालकको स्विमिङ खसेर मृत्यु

ललिता मलाती
मुम्बई –३० फागुन
भारतको गुजरातमा एक नेपाली बालकको स्विमिङ खसेर मृत्यु भएको छ । गुजरातको जामनगरमा ४ बर्षिया बालक अम्रीत बि.क को स्विमिङ मा खसेर मृत्यु भएको हो ।
नेपाल घर अछाम जिल्ला मेल्लेख गाउँपालिका वार्ड नं ४ बस्ने लोकेश बिक र हिरा बिक छोरा सहित विगत ३ महिना पहिले भारत आएका थिए । जामनगर रोड घन्टेश्वर स्थित कस्तुरी बिल्डिङ को स्विमिङ पुलमा खसे पछि बालकको मृत्यु भएको परिवार स्रोत जानकारी दिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *