भारतीय बजारमा नेपाली बस प्रहरी नियन्त्रणमा

नेपाली बस सीमावर्ती भारती बजारमा भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।कञ्चनपुरको सीमावर्ती भारतीय बजारमा नेपाली बस भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार महेन्द्रनगर देखि दिल्ली तर्फ जादै गरेको महाकाली यातायातको सुपप्र०२००१ख ११०० नम्बरको बस सीमावर्ती बजार वनबासा बजारमा  प्रहरीले नियन्त्रणमा लिएको थियो ।
महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले ट्याक्सी व्यवसायीको अवरोधका कारण बस वनबासा बजारमा रोकिएको बताए ।

त्यहाँको स्थानीय प्रहरीले कागजपत्र नभेटिएको भन्दै बसलाई जरिवाना तिराएपछि नछाडेको पन्तले बताए । उक्त बसमा सवार ३९ जना नेपाली यात्रुलाई भने भारतीय बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ । यातायात व्यवसायीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *