लम्कीचुहा नगरपालिका निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउँदै

कैलालीको लम्कीचुहा नगरपालिकाले निःशुल्क महाप्रस्थान यान सञ्चालन गर्ने भएको छ । पाथिक शरीरलाई घर देखि आर्यघाट सम्म निःशुल्क पु¥याउन नगरपालिकाले महाप्रस्थान यान सञ्चालन गर्ने भएको हो । २ वटा महाप्रस्थान यान नगरपालिकाले ल्याइसकेको छ ।
निर्वाचनका बेला जनतामा गरेका प्रतिबद्धता अनुसार महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागेको नगर प्रमुख सुशीला शाहीले बताइन् । नगरपालिका भित्र कसैको मृत्यु भयो भने घर देखि घाट सम्म लिन लामो दूरी तय गर्नु पर्ने र आर्थिक भार हुने भएको हुँदा यो समस्याबाट जनतालाई राहत मिलोस् भन्ने उद्देश्यले महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागेको उनले बताइन् ।

एउटाको २० लाख २९  हजार अर्कोको २० लाख ९६ हजार ९ सय गरि जम्मा ४१ लाख २५ हजार ९ सयमा नगरपालिकाले महाप्रस्थान यान खरिद गरेको हो । चाडै नै महाप्रस्थान यान सञ्चालन कार्यविधि बनाएर सञ्चालनमा ल्याइने नि प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैसीले बताए ।

सामान्य नागरिकका घरमा कोही सदस्यको मृत्यु भए पछि आर्थिक अभावमा पार्थिव शरीरलाई दाहसंस्कार स्थल सम्म पु¥याउन निकै सकस हुन्थ्यो । नगरपालिकाले महाप्रस्थान यान निःशुल्क सञ्चालन गर्दा आर्थिक रुपमा विपन्न परिवारलाई निकै राहत युवा समाजसेवी पदम बहादुर तिरुवाले बताए  ।
यस पघि पनि नगरपालिकाले घर देखि घाट सम्मको यात्राका लागि ट्याक्टरद्वारा सेवा प्रदान गरिहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *