अछाममा एक युवकको करेन्ट लागेर मृत्यु

अछाम–२५ माघ
अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत पञ्देवल विनायक नगरपालिका –५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइबर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनलाई मंगलबार बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पु¥याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *