सुदूरपश्चिमका २६बर्षिया युवा इलाम २बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन लड्दै

ललिता मलाती
मूम्बई –१८ फागुन

सुदूरपश्चिम अछामका अर्जुन बिक्रम शाही इलाम –२ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन लड्ने भएका छन । प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनपश्चात्  सो क्षेत्र सांसद विहीन रहेको छ । सांसद छान्न आगामी वैशाख १५ गते हुने –निर्वाचनमा २६ बर्षिया युवा व्यवसायी अर्जुन बिक्रम शाही स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्य पदमा लड्ने भएका हुन ।

विज्ञान र कानुनमा स्नातक ,अन्तर्राष्ट्रिय कुटनीतिमा स्नातकोत्तर गरेका शाही ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक हुन ।सेयर मार्केटका विषयमा आफू राम्रो जानकार भएको हुँदा नेपालको सेयर मार्केट भित्र हुने गरेका बेथिति, राजनीति र माफियाहरूको विरुद्ध मा सडक र सदनमा आफ्नो आवाज निरन्तर राख्ने उनले प्रतिबद्धता गरेका छन । लगानी कर्ताहरू प्रतिनिधित्व गर्ने व्यक्ति संसद्मा पायौ भने त्यो हाम्रो लागि खुसीको कुरा हुने उनले बताए । त्यसैले वैशाख १५ गते हुने उप – निर्वाचनमा अमूल्य मत दिएर बिजयी गराइ दिन उनले अपिल गरेका छन ।हाल उनि काठमाण्डौमा बस्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *