पुलबाट हामफाल्दा बेपत्ता भएका युवकको खोजी कार्य जारी

लम्की–१३ चैत्र
कर्णली चिसापानी पुलबाट हाम फाल्दा बेपत्ता युवक अझै भेटिएको छैन । सोमवार दिउसो कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका ३० बर्षिय लोकेन्द्र शाहीको शब अझै भेटिएको नभेटिएको हो। बेपत्ता युवाको खोजी कार्य मंगलबार पनि जारी छ । पुलबाट शाही संगै १७ जना युवाले पुलबाट नदीमा हाम फालेका थिए । हामफालेका १७ जना मध्य १६ जना सकुशल छन । पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरु एकपछि अर्को गरी क्रमशः हाम फालेका थिए ।
कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । मंगलबार बिहानै देखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *