कैलालीमा ६ ग्राम लागुऔषध सहित तीन जना पक्राउ

लम्की–५ फागुन
कैलालीमा लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ बाट लागुऔधष ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय लम्कीबाट सादा पोसाकमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा लम्कीचुहा नगरपालिका वडा नं.१ भुरुवाका ३० बर्षिया प्रकाश जैगडी,२७ बर्षिया दिनेश साउँद र २३ वर्षिया जनक बि.क लाई ६ ग्राम ब्राउन सुगर लागुऔषध सहित पक्राउ गरेको थियो। । पक्राउ परेका तीनै जना माथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *