लम्की ग्रामीण विद्युत सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न

लम्की–११ फागुन
कैलालीको लम्कीमा रहेको  लम्की ग्रामी विद्युत सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाको ८ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
विद्युत सहकारी संस्थाका अध्यक्ष दल बहादुर बिष्टको अध्यक्षतामा सञ्चालन भएको वार्षिक साधारण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल रहेका थिए ।


कार्यक्रमको अतिथिमा वडा नं. १ का वडा सदस्य सिद्धराज तिमिल्सेना ,नेपाल विद्युत प्राधिकरण लम्कीका प्रमुख लक्ष्मी प्रसाद तिमिल्सेना , मातृभूमि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा संस्थापक अध्यक्ष दिल बहादुर साउद लगायतका रहेका थिए ।
कार्यक्रमका बिच ३ जना शेयर सदस्यहरूलाई सम्पन्न गरिएको छ । समयमै महसुल बुझाउने ३ जनालाई दोसल्ला र सम्मान पत्र गरिएको हो ।
आर्थिक वर्ष २०७९÷८० आयव्यय संस्थाको प्रबन्धकको प्रतिवेदन व्यवस्थापक अशोक शाहीले  प्रस्तुत गरेका थिए ।संस्थाका उपाध्यक्ष लक्ष्मण विकको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन्द्र खत्री प्याकुरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *