राजनीति
संघीय संरचनालाई चुस्त र प्रभावकारी बनाउनुपर्छ : सांसद झा
सांसद झाले रास्वपा संघीयताविरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए ।
लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रास्वपा संघीयताविरोधी पार्टी नभएको बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा संघीयताविरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए । उनले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
उनले मधेशमा गत निर्वाचनमा रास्वपाले अत्याधिक मत पाएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे ।
मधेशी समुदायका बीचमा आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको बताए ।
